‘माया बस्यो है’ म्युजिक भिडियो सार्वजनिक
काठमाडाैं | असार ६, २०७९
काठमाण्डौँ : मोडल शाक्षी लम्साल र विष्णु खरेल अभिनित ‘माया बस्यो है’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेमिल शैलीको यस गीतमा गायक पवन गिरीको स्वर, शब्द र सङ्गीत रहेको छ । गीतलाई वृजेश श्रेष्ठले सङ्गीत संयोजन गर्नुभएको हो । राज पोख्रेलले छायाङ्कन गरेको यस भिडियोलाई विकास दाहालले सम्पादन गर्नुभएको हो । ‘दिनरात सपना देख्छु, तिमीलाई नै सधैँ भेट्छु’, ‘ल है ल है, माया बस्यो है’, ‘तिम्रो साथ आइपुग्दा’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।
अनुप चापागाईँको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक गिरीको आधिकारिक च्यानल पवन गिरी ‘अफिसिएल’मार्फत् सार्वजनिक भएको छ । यसअघि गायक गिरीको स्वरमा रहेको ‘बधाई छ’, ‘मिल्टेरिको जुत्ता’, ‘म जे छु’, ‘मलाई एकछिन देऊ’ लगायत थुप्रै गीत सार्वजनिक भइसकेका छन् ।
निर्माण समूहले भिडियो हेरेर प्रतिक्रिया दिन दर्शकसँग आग्रह गरेको छ ।
गलकोट: चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ–१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक ब...
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

